नियम
सुपरीवेक्षकको काम, कर्तव्य र अधिकार
छात्रावासको सुव्यवस्था तथा छात्रावासमा रहने विद्यार्थीहरूको रेखदेखको लागि छात्रावासमा एक सुपरीवेक्षक रहेनछ । निजको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विद्यार्थीहरूको हाजिरी अभिलेख राख्ने,
(ख) छात्रावासमा अनुशासन कायम राख्ने,
(ग) विद्यार्थीहरूको अध्ययन तथा भोजनको रेखदेख गर्ने,
(घ) विद्यार्थीहरूको छात्रावासको नियम पालन गर्न लगाउने,
(ङ) समितिले निर्देशन दिएको कामहरू गर्ने,
(च) छात्रावासको अवस्था र गतिविधिबारे समय समयमा समितिलाई अवगत गराउने,
(छ) छात्रावास सम्बधी कागजात अध्यावधिक राख्ने,
(ज) विरामी विद्यार्थीहरूको उपचार आदिको उचित प्रबन्ध गर्ने ।